राष्ट्रपति भण्डारीले बुधबार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई शितल निवासमै बोलाएर संविधानले निर्धारण गरेको मितिभित्रै तीनै तहको निर्वाचन गराइसक्न सचेत गराएकी हुन् । उनले बिहान एमाले अध्यक्ष ओलीसँग र साँझ कांग्रेस सभापति देउवासँग भेट गरेकी हुन् । ओलीसँगको भेटपछि र देउवासँगको भेटअघि राष्ट्रपति भण्डारीले केही कानुनविद्हरुसँग समेत परामर्श…