मधेसी मोर्चा र एमालेलाई सहमतिमा ल्याएपछि मात्र निर्बाचन: प्रधानमन्त्री • Image Khabar Image Khabar


मधेसी मोर्चा र एमालेलाई सहमतिमा ल्याएपछि मात्र निर्बाचन: प्रधानमन्त्री


Imagekhabar
२६ माघ २०७३, बुधबार १२:११

मधेसी मोर्चा र एमालेलाई सहमतिमा ल्याएपछि मात्र निर्बाचन: प्रधानमन्त्री

प्रेस सेन्टर चितवनले बुधबार भरतपुर विमानस्थलमा गरेको पत्रकार सम्मेलनमा प्रधानमन्त्री दाहालले जेठभित्रै निर्वाचन गर्ने गरी तयारी भइरहेको र मधेसी मोर्चासँग पनि समझदारीको प्रयास जारी रहेको बताएका हुन् ।

उनले मधेसी मोर्चा र एमालेलाई सहमतिमा ल्याएरै निर्वाचन गर्नुपर्ने बाध्यता रहेकाले मिति नतोकिएको स्पष्ट पारे । निर्वाचन हुने विषयमा कुनै शंका नगर्न उनले पुनः आग्रह गरे ।

प्रधानमन्त्री दाहालले निर्वाचन गर्न निर्वाचन आयोगलेसमेत काम शुरु गरिसकेको जानकारी दिए । निर्वाचनको माहोल बनाउन उनले प्रतिपक्षी दलसहित सबैलाई आह्वान गरे ।

अर्को एक फरक प्रसंगमा प्रधानमन्त्री दाहालले राप्रपा कुनै पनि हालतमा सरकारबाट बाहिर नजाने दाबीसमेत गरे ।

अरु दललाईसमेत सरकारमा सहभागी गराउने प्रयास भइरहेकाले सरकार झन् बलियो हुने उनको भनाइ थियो ।

प्रतिक्रिया दिनुहोस्