काठमाडौ। परराष्ट्र मन्त्री ज्ञवालीले राष्ट्रिय हित र स्वाभिमानको विषयमा सबै दल र पार्टीबीच एकमत हुनुपर्ने बताए । आज राजधानीमा आयोजित कार्यक्रममा बोल्दै मन्त्री ज्ञवालीले नेपालको विदेश नीति कसैसंग वैदभाव नराख्ने र राष्ट्रहित केन्द्रित हुने बताएका छन् । भारत र चीनसँगको सम्बन्धले नेपालले अधिकतम् फाईदा लिनुपर्ने भन्दै उहाँले व्यापार घाटा कम गर्न कूटनीतिक पहल गर्ने बताए…