Logo २८ असार २०८३, आइतबार | Sun Jul 12 2026


संघीय र प्रदेश दुवै जनविरोधी सरकार : निधि


0
Shares

जनकपुर, फागुन ५ । नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले संघीय र प्रदेश दुवै जनविरोधी सरकार भएको बताएका छन् ।

आइतबार जनकपुरमा आयोजित नगर सम्मेलनमा बोल्दै उनले नेकपाको सरकारले एक वर्षभित्रमा जनताले अनुभूति हुनेखालको एउटापनि काम नगरी जनविरोधी र संघीयताविरोधी काममात्र गरेको बताए ।

निधिले संघीय सरकारलेमात्रै नभएर प्रदेश नम्बर–२ सरकारले पनि जनताको विकासका लागि एउटापनि काम नगरेर भ्रष्टाचारमा लिप्त हुनेखालका काम गरेको आरोप लगाए ।

साथै, उनले वीरगन्जस्थित बीपी उद्यानको जग्गा प्रदेश सरकारले बीपी उद्यानकै नाममा फिर्ता नगरे आन्दोलन गर्नेे चेतावनीसमेत दिए ।