काठमाडौं । प्रतिनिधिसभाको बैठकले प्रजातान्त्रिक एवं लोकतान्त्रिक आन्दोलनमा सक्रिय रहेका पूर्वसांसद कमलप्रसाद पंगेनीको निधनमा शोकप्रस्ताव सर्वसम्मतिले पारित ग¥यो । बैठकले उनको चिरशान्तिको कामना गर्दै एक मिनेट मौनधारणसमेत गरेको थियो । प्रतिनिधिसभाको आजको बैठकमा सभामुख कृष्णबहादुर महराले पंगेनीको निधनमा शोकप्रस्ताव प्रस्तुत गरेका थिए । पंगेनी २०७० सालको संविधानसभा निर्वाचनमा नेपाली काँग्रेसका तर्फबाट स्याङ्जा क्षेत्र नं २…