२२ जेष्ठ २०८०, सोमबार | Tue Jun 6 2023


राजपाले फिर्ता लियो सरकारलाई दिएको समर्थन


0
Shares

काठमाडौं, फागुन २२ । राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ ।

बुधबार राजपाको केन्द्रीय कार्यालय बबरमहलमा बसेको अध्यक्षमन्डलको आकस्मिक बैठकले बुधबारैदेखि सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको हो ।

सरकारको एकवर्षे कार्यकाल पूर्णरुपमा असफल रहेको ठहर गर्दै राजपाले सरकारलाई समर्थन दिइरहनुको औचित्य नरहेको निर्णय गरेको हो ।

कैलाली जिल्ला अदालतले बुधबारै राजपा सांसद रेशम चौधरीलगायतलाई टीकापुर घटनामा दोषी ठहर गर्दै आजीवन कारावासको फैसला गरेको सम्बन्धमा पार्टी स्तब्ध र मर्माहत भएको राजपाले जनाएको छ ।

अध्यक्षमन्डलका सदस्य राजेन्द्र महतोले सरकारले आफना मागहरुप्रति पटक–पटक धोका दिएको भन्दै अब राष्ट्रियस्तरमा आन्दोलनको तयारी गर्ने चेतावनी दिए ।

राजपाले सरकारलाई दिएको समर्थन फिर्ता लिनुमा रेशम चौधरी दोषी ठहर हुनुमा कुनै तालमेल नभएको जनाएको छ ।