
काठमाडौं, फागुन २२ । अनेरास्ववियुले गत फागुन १५ गते ताप्लेजुङमा हेलिकोप्टर दुर्घटनामा दिवंगत भएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीको सम्झनामा श्रद्धाञ्जलिसभा आयोजना गरेको छ ।
बुधबार त्रिभुवन विश्वविद्यालय परिसरमा आयोजना गरिएको सभामा हवाई दुर्घटनामा ज्यान गुमाउनेहरु तथा पूर्वउपप्रधान एव अर्थमन्त्री स्व. भरतमोहन अधिकारीलाई श्रद्धाञ्जलि दिइएको थियो ।
श्रद्धाञ्जलिसभामा नेकपाका नेता वामदेव गौतम, त्रिभुवन विश्वविद्यालयका उपकुलपति डा. तीर्थ खनिया, अनेरास्ववियुका कार्यकर्ता तथा विभिन्न राजनीतिक दलका नेता र विद्यार्थीहरुको उपस्थिति रहेको थियो ।
प्रतिक्रिया दिनुहोस्