२० जेष्ठ २०८०, शनिबार | Sun Jun 4 2023


सन्चार क्षेत्रलाई कुन्ठित गरेर देश विकास हुन सक्दैन : नेपाल


0
Shares

काठमाडौं, फागुन २२ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का वरिष्ठ नेता माधवकुमार नेपालले सन्चार क्षेत्रलाई कुन्ठित गरेर देश विकास हुन नसक्ने बताएका छन् ।

‘रौतहट टाइम्स’ साप्ताहिकले बुधबार राजधानीमा गरेको कार्यक्रममा उनले ‘स्वतन्त्र मिडिया भन्दैमा स्वच्छन्दता भने स्वीकार्य हुँदैन’–भने ।

मानिस जन्मलेभन्दा कर्मले ठूलो हुन्छ भन्ने कुरा बिर्सन नहुनेमा नेता नेपालको जोड थियो ।

कार्यक्रममा संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले मिडियाले पनि मर्यादित बन्नुपर्ने बताए ।

कार्यक्रममा विभिन्न क्षेत्रका व्यक्तिहरुलाई सम्मानसमेत गरिएको थियो ।