चितवन, साउन २५ । गृहमन्त्री रामबहादुर थापाले पक्राउ परेका विप्लव समूहका प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ अपराधी भएको बताएका छन् । चितवनको भरतपुर विमानस्थलमा शुक्रबार प्रेस चौतारी र प्रेस सेन्टरले आयोजना गरेको पत्रकार सम्मेलनमा गृहमन्त्री थापाले प्रकाण्ड अपराधी भएकै कारण पक्राउ गरिएको स्पष्ट पारे । उनले भने, ‘प्रकाण्ड वारेन्ट जारी गरिएका व्यक्ति हुन्, गैरकानुनी काम र ध्वंसात्मक…