गोरखा, फागुन २५ । नयाँ शक्ति पार्टी नेपालका संयोजक डा.बाबुराम भट्टराईले विकासलाई तीव्रता दिन नेता, कर्मचारी र ठेकेदारबीचको सम्बन्ध भत्काउनुपर्ने बताएका छन् ।
शनिबार गोरखामा आयोजित एक कार्यक्रममा संयोजक डा. भट्टराईले राजनीतिक व्यक्तिले राजनीति, कर्मचारीले कानुन कार्यान्वयन र ठेकेदारले व्यवसायमात्र गर्नुपर्ने तर्क गरे ।
बहस कार्यक्रममा जिल्लाका स्थानीय तहका प्रमुख तथा उपप्रमुसहित विभिन्न संघ–संस्थाका प्रतिनिधिहरुको सहभागिता थियो ।









प्रतिक्रिया दिनुहोस्