काठमाडौं, फागुन २५ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेता भीम रावलले सरकार र सीके राउतबीच भएको सहमति कुनैपनि हालतमा मान्य नहुने चेतावनी दिएका छन् ।
शनिबार राजधानीमा रिपोर्टर्स क्लबद्वारा आयोजित साक्षात्कार कार्यक्रममा उनले उक्त ‘सहमतिले कतै राष्ट्र टुक्र्याउने कुरालाई वैद्यता त प्रदान गर्दैन ?’ भनी प्रश्न गरे ।
शुक्रबार सरकार र स्वतन्त्र मधेस गठबन्धनका संयोजक रहेका सीके राउतबीच ११ बुँदे राजनीतिक सहमति भएको थियो । त्यसको भोलिपल्टै सत्तारुद्ध दलकै प्रभावशाली नेताको यस्तो प्रतिक्रिया आएको हो ।









प्रतिक्रिया दिनुहोस्