Logo ५ पुस २०८२, शनिबार | Sun Dec 21 2025


संघीय समाजवादी फोरमबाट पाँचजना निष्कासित

सो पार्टीका महासचिव रामसहायप्रसाद यादवले शनिबार प्रेस विज्ञप्ति जारी गरी भर्खरै सम्पन्न स्थानीय तहको निर्वाचनकाक्रममा बाँके जिल्लामा पार्टीको निर्णयविपरीत उम्मेदवारी दिने जगदीशबहादुर सिंह, कामताप्रसाद खटिक, कौशलकुमार मिश्र, राजेन्द्र विश्वकर्मा र ममता बानियाँलाई पार्टीको विधानको धारा ९ (४), र ४९ (१) अनुसार आजैको मितिदेखि लागू हुने गरी पार्टीबाट निष्कासन गरिएको जनाइएको छ । रासस