Logo २८ कार्तिक २०८३, शनिबार | Sat, Nov 14, 2026


दुई प्रदेशमा विभाजित नवलपरासीमा जिल्ला समन्वय समिति गठनमा अन्योल


0
Shares

प्रदेश विभाजन भएपनि जिल्ला नटुक्रिएकाले दुई क्षेत्रमा एउटै समन्वय समिति हुने वा दुईओटा हुने भन्नेमा अन्योल छ ।

संविधानमा नवलपरासीको नवलपुर क्षेत्रलाई प्रदेश नम्बर–४ र परासी क्षेत्रलाई ५ नम्बर प्रदेशमा राखिएको छ । सोहीअनुसार दुबै प्रदेशमा पहिलो र दोस्रो चरणमा स्थानीय तह निर्वाचन सम्पन्न भएको छ ।

भौगोलिक अवस्थाका कारण नवलपुरलाई परासी क्षेत्रबाट अलग बनाइएकाले छुट्टै जिल्ला घोषणा गर्नुपर्ने स्थानीयवासीको माग छ ।

तत्काल नवलपुरमा छुट्टै समन्वय समिति गठनको प्रक्रिया अघि बढाउनका लागि पहल गर्न आग्रह गर्दै शनिबार प्रधानमन्त्री शेरबहादुर देउवासँग भेट गरिएको नेपाली कांग्रेस नवलपरासीका सभापति विष्णु लामिछानेले जानकारी दिए ।

कांग्रेस महामन्त्री एवं नवलपरासी क्षेत्र नम्बर–१ का सांसद शशांक कोइरालाको नेतृत्वमा काठमाडौंमा रहेको सांसद जीवन श्रेष्ठ, एमाले जिल्ला अध्यक्ष रोशनबहादुर गाहा, माओवादी केन्द्रका जिल्ला इन्चार्ज किसन शर्मा, कांग्रेस जिल्ला नेता कृष्णचन्द्र नेपालीलगायतको टोलीले प्रधानमन्त्रीसँग भेट गरेको हो ।

टोलीले आइतबार एमाले, माओवादी केन्द्रलगायतका राजनीतिक दलहरुसँग भेटेर नवलपुरलाई छुट्टै जिल्ला कायम गरी समन्वय समिति गठन प्रक्रिया थाल्न अनुरोध गर्ने कांग्रेस जिल्ला सभापति लामिछानेले बताए ।

Skip This