काठमाडौं, मंसिर १९ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले अस्ट्रेलियाका लागि नेपाली राजदूत लक्की शेर्पाका गतिविधिबारे उठेका प्रश्नलाई गम्भीररुपमा लिएको जनाएको छ । पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले बुधबार एक विज्ञप्तिमार्फत् राजदूतकै सहयोगीले सो विषय सार्वजनिक गरेको साता दिन भइसक्दासमेत सरकारले चासो प्रकट गरी अनुसन्धान नथाल्नु र मौनता राख्नु दुःखद् भएको उल्लेख गरेका छन् । राजदूतकाबारेमा…