काठमाडौं, असार २२ । राष्ट्रपति विद्यादेवी भण्डारीले राहदानी विधेयक, २०७५ पुनर्विचारका लागि संसदमा फिर्ता पठाएकी छन् ।
राष्ट्रपतिले विधेयक पुनर्विचारका लागि पठाएको सन्देश संघीय संसद्का महासचिव मनोहरप्रसाद भट्टराईले बैठकलाई आज जानकारी गराए ।
राष्ट्रपति भण्डारीको सन्देशमा राहदानी जारी गर्ने र प्रयोग गर्ने विषयमा अस्पष्टता र द्विविधा सिर्जना हुन सक्ने सम्भावना रहेको उल्लेख गर्दै प्रस्तुत विधेयकमा पुनर्विचार हुन वाञ्छनीय भएकाले नेपालको संविधानको धारा, ११३ को उपधारा (३) बमोजिम यो विधेयक प्रतिनिधिसभामा फिर्ता पठाइएको उल्लेख छ । (रासस)









प्रतिक्रिया दिनुहोस्