बालुवाटारमा भएको भेटमा झापा–३ मा नेपाली कांग्रेस र राप्रपाबीच भएको लिखित सहमतिविपरीत कांग्रेसले उम्मेदवार उठाएको विषयमा अध्यक्ष थापाले आपत्ति जनाएका थिए । उक्त स्थानमा कांग्रेसले पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला र राप्रपाले महामन्त्री राजेन्द्रप्रसाद लिङदेनलाई उम्मेदवार बनाएको छ । छलफलमा झापामा मैत्रीपूर्ण प्रतिस्पर्धा गर्ने सहमति दुई नेताबीच भएको राप्रपाका प्रवक्ता भुवन पाठकले जानकारी दिए । उक्त स्थानमा…