सरोज अधिकारी, देवेन्द्र महर्जन र लक्ष्मणमान डंगोल (इमेज) काठमाडौं, फागुन १७ । ताप्लेजुङमा बुधबार हेलिकोप्टर दुर्घटनामा मृत्यु भएका पर्यटनमन्त्री रवीन्द्र अधिकारीसहित सातैजनाप्रति काठमाडौंको सैनिक मञ्च टुँडिखेलमा श्रद्धाञ्जलि दिइएको छ । राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली, पूर्वप्रधानमन्त्रीहरु, राजनीतिक दलका नेता तथा कार्यकर्ता र सर्वसाधारणले मृतकहरुलाई श्रद्धाञ्जलि दिएका छन् । मन्त्री अधिकारीको निधनले पार्टी विशेषलाईमात्र…