कम्युनिष्ट सरकारबाट जनता आजित भएः शेरबहादुर देउवा • Image Khabar Image Khabar


कम्युनिष्ट सरकारबाट जनता आजित भएः शेरबहादुर देउवा


Imagekhabar
१० कार्तिक २०७६, आईतवार १३:५०

कम्युनिष्ट सरकारबाट जनता आजित भएः शेरबहादुर देउवा

काठमाडौं, कात्तिक १० । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कम्युनिष्ट सरकारको अधिनायकवादविरुद्ध लड्न कार्यकर्तालाई निर्देशन दिएका छन् ।

नेपाल तरुण दलको स्थापना दिवसको अवसरमा पार्टी मुख्यालय सानेपा गरिएको कार्यक्रममा देउवाले दुई तिहाइको कम्युनिष्ट सरकार अधिनायकवादतर्फ उन्मुख भएको भन्दै त्यसबिरुद्ध लड्न कार्यकर्तालाई निर्देशन दिए ।

कम्युनिष्टको सरकारबाट सबै आजित भएको भन्दै अब हुने उप–निर्वाचनमा कांग्रेसले जित्ने दावी पनि देउवाको थियो । नेपाली कांग्रेसभित्र गुटउपगुट सकिएको सुनाउँदै उनले सबै तरुणलाई उपनिर्वाचनको प्रचारप्रसारमा होमिन निर्देशन दिए ।

उनले यसो भनिरहँदा तरुण दलका महासचिवले भने पार्टी सभापति सहभागि हुने कार्यक्रम बहिष्कार गर्दै काठमाडौंमै अलग्गै कार्यक्रम आयोजना गरेका थिए ।

नेपाल तरुण दलका अध्यक्ष जितजंग बस्नेतले सरकारले मुलुकलाई बन्धक बनाएको भन्दै त्यसबिरुद्ध तरुण दल सडकमा आउने बताए ।

दुई तिहाइको सरकारको दम्भ नियन्त्रण गरी मुलुकलाई निकास दिन तरुण दलले सडकबाटै खबरदारी गर्ने उनको भनाइ थियो ।
कार्यक्रममा कांग्रेसका नेता,कार्यकर्ता, भ्रातृ संस्था र शुभेच्छुक संघसंस्थाको सहभागिता थियो ।

प्रतिक्रिया दिनुहोस्