नवलपरासी, असार २५ । नेत्रविक्रम चन्द नेतृत्वको समूह समर्थक अखिल क्रान्तिकारी विद्यार्थी संगठनका पश्चिम नवलपरासी जिल्ला अध्यक्ष शारदा भण्डारीलाई प्रहरीले पक्राउ गरेको छ । उनलाई आवश्यक सोधपुछका लागि सरावल गाउँपालिकाको बासाबसही चोकबाट बुधबार नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालयका नायब उपरीक्ष वीरेन्द्र थापाले जानकारी दिए । कपिलवस्तुको बग्तीबगर घर भएकी भण्डारी नवलपरासी विद्यार्थी संगठनको जिम्मेवारी दिइएपछि…