काठमाडौं, फागुन १३ । समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले नेपाल ट्रष्टअन्तर्गतको मातातीर्थ र महादेवस्थानको जग्गामा मोही कायम गरी व्यक्तिको नाममा कायम गरिएको विषयलाई संसदमा उठाउने बताएका छन् ।
चन्द्रागिरि नगरपालिकास्थित मातातीर्थका जग्गाधनीहरु भेट्न पुगेका भट्टराईले नक्कली मोही खडा नगरेको भन्दै वर्षाैंदेखि जग्गा कमाउँदै आएकाहरुलाई आफूले जग्गाधनी बनाएको जिकिर गरे ।
यो विषयलाई संसदमा उठाएर सरकारको ध्यानाकर्षण गराउने उनले बताए ।
जग्गाधनीहरुले पनि आफूहरुसँग जग्गा कमाएको प्रमाणसमेत रहेको भन्दै नक्कली मोहीको नाममा जग्गा फिर्ता गर्न नमिल्ने बताएका छन् ।









प्रतिक्रिया दिनुहोस्