सुर्खेत, भदौ ६ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कम्युुनिस्ट सरकार देशमा साम्यवादी व्यवस्था ल्याउने षडयन्त्रमा लागेको आरोप लगाएका छन् । शुक्रबार सुर्खेतको वीरेन्द्रनगरमा महाधिवेशन प्रतिनिधिका लागि प्रशिक्षण कार्यक्रमको समापन गर्दै उनले सर्वसत्तावादी कम्युनिस्टलाई सिध्याउन नेपाली कांग्रेस एक हुनुुपर्नेमा जोड दिए । निरंकुुश राणाशासन, पञ्चायत र राजा फालेको नेपाली कांग्रेसका अगाडि लोकतन्त्रलाई सिध्याउन ओली सरकार…