Logo २१ असार २०८३, आइतबार | Mon Jul 6 2026


शुक्रबार र शनिबार उपत्यकाबाट बाहिर जान दिने सरकारको निर्णय


0
Shares

काठमाडौं, चैत २७ । सरकारले शुक्रबार (भोलि) र शनिबार उपत्यकाबाट बाहिर जान खुला गर्ने निर्णय गरेको छ ।

उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलको संयोजकत्वको उच्चस्तरीय समितिको बिहीबार दिउँसो बसेको बैठकले ‘लकडाउन’कै बीचमा काठमाडौं उपत्यकामा रोकिएकाहरुलाई बाहिर जान खुला गर्ने निर्णय गरेको हो ।

तर, बाहिरबाट भने उपत्यकामा आउन पाइने छैन ।

बाहिर जान चाहनेहरुको कसरी व्यवस्थापन गर्ने र सवारी–साधनको व्यवस्थापन कसरी गर्ने भन्ने निर्णय भने गरिएको छैन ।

देशका अरु स्थानको हकमा भने यो निर्णय लागू नहुने जनाइएको छ ।

स्थानीय तहहरुले बाहिरबाट मान्छे प्रवेशमा रोक लगाएको बेला सरकारले उपत्यका छाड्न दिने निर्णय गरेको हो ।