Logo २१ असार २०८३, आइतबार | Mon Jul 6 2026


कोरोनाले प्रभावित नेपालको अर्थतन्त्र उकास्नका लागि कृषिमात्र उत्तम विकल्प : पौडेल


0
Shares

काठमाडौं, चैत २८ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले कोरोनाका कारण प्रभावित भएको नेपालको अर्थतन्त्रलाई उकास्नका लागि कृषिमात्र उत्तम विकल्प भएको बताएका छन् ।

नेता पौडेलले शुक्रबार सामाजिक सञ्जाल फेसबुक लाइभमार्फत् नेपालको अर्थतन्त्रका आधारहरु ऊर्जा, पर्यटन र कृषिमध्ये ऊर्जा र पर्यटनको सम्भावना कोरोनाका कारण न्यून भएकाले कृषिमात्र विकल्प भएको बताए ।

उनले कृषिको विस्तारले मुलुकको आयात र रेमिट्यान्स प्रतिस्थापन गर्ने भएकाले अर्थतन्त्र जोगाउने उत्तम उपाय भएको बताए ।

वरिष्ठ नेता पौडेलले ‘लकडाउन’को अवस्थामा पनि कृषि उपजलाई बजारमा पठाउन रोक नलगाउनसमेत आग्रह गरे ।

उनले समाजवादी राज्यले जनतालाई सेवा र टेवा दिनुपर्ने भन्दै यसका लागि सरकारले कृषि क्षेत्रलाई प्रथामिकतामा राख्नुपर्ने बताए ।

भिडियो हेर्नोस्