काठमाडौं, भदौ २३ । प्रतिनिधिसभाअन्तर्गत्को राज्य व्यवस्था तथा सुशासन समितिले झुटो विवरण बुझाएर नागरिकता लिनेमाथि दन्ड, सजायसम्बन्धी प्रावधानमा सहमति जुटाएको छ । सोमबार समितिको कार्यालय सिंहदरबारमा बसेको बैठकमा झुटो विवरणका आधारमा नागरिकता लिए तीन वर्ष कैद र दुई लाख रुपैयाँसम्म जरिवानाको व्यवस्थामा सहमति जुटेको हो । त्यस्तै, अन्जानमा वा गलत गर्ने मनसाय नराखी नागरिकतामा सामान्य…