काठमाडौं । नेपाली काँग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले कसको स्वार्थमा जनताले मल नपाएका हुन् त्यसको जवाफ सरकारले दिनुपर्ने बताउनुभएको छ । बिहीबार सामाजिक सञ्जालमा लेख्दै डा. कोइरालाले कृषि प्रधान देशमा जनता मल नपाएर भौतारिन पर्नु दुखद भएको बताउनुभयो । देशको मेरुदण्डको रुपमा रहेका किसानप्रति राज्यले यस्तो निर्लज्ज व्यवहार देखाउनु लाजमर्दो भएको उहाँको भनाइ छ…