Logo १५ श्रावण २०८३, शुक्रबार | Fri Jul 31 2026


अवहेलना मुद्दामा प्रधानमन्त्रीलाई आफैँ लिखित जवाफ पेश गर्न सर्वोच्चको आदेश


0
Shares

काठमाडौं । अदालतको अवहेलना मुद्दामा प्रधानमन्त्री केपी शर्मा ओलीलाई सर्वोच्च अदालतले लिखित जवाफसहित उपस्थित हुन आदेश दिएको छ ।

न्यायाधीश डाक्टर मनोजकुमार शर्माको एकल इजलासले प्रधानमन्त्री ओलीलाई आफैँ लिखित जवाफ पेश गर्न आदेश दिएको हो ।

अधिवक्ता कंचनकृष्ण न्यौपानेको मुद्दामा सुनुवाइ गर्दै अदालतले भनेको छ, ‘यसमा के कसो भएको हो ? मागबमोजिम अवहेलनामा कारबाही किन हुनुनपर्ने हो ? म्याद प्राप्त भएको मितिले बाटाका म्यादबाहेक ७ दिनभित्र सबै व्यहोरा खुलाई आफैं लिखित जवाफ पेश गर्नुहोला ।’

प्रतिनिधसभा विघटनको मुद्दामा संवैधानिक इजलासमा ‘बाजे वकिल लगेर तमासा गरेको’ भन्ने अभिव्यक्ति दिएपछि अधिवक्ता न्यौपानेले अदलतको अवहेलना मुद्दा दर्ता गराएका थिए ।