पूर्वप्रधानन्यायाधीश र पूर्वसभामुखलाई लिखित जवाफ लिएर आफैं आउन सर्वोच्चको आदेश • Image Khabar Image Khabar


पूर्वप्रधानन्यायाधीश र पूर्वसभामुखलाई लिखित जवाफ लिएर आफैं आउन सर्वोच्चको आदेश


Imagekhabar
१५ माघ २०७७, बिहीबार १७:५९

supreme court order to government

काठमाडौं, माघ १५ । सर्वोच्च अदालतले चार पूर्वप्रधानन्यायाधीश र पूर्वसभामुख दमननाथ ढुंगानालाई अदालतको अवहेलनासम्बन्धी मुद्दामा लिखित जवाफ ल्याउन आदेश दिएको छ ।

न्यायाधीश मनोजकुमार शर्माको एकल इजलाशले पूर्वप्रधानन्यायाधीश मीनबहादुर रायमाझी, अनुपराज शर्मा, कल्याण श्रेष्ठ र सुशीला कार्की तथा पूर्वसभामुख ढुंगानालाई सात दिनभित्र आफैं लिखित जवाफ पेश गर्न भनेको हो ।

पूर्वप्रधानन्यायाधीशहरुविरुद्ध अधिवक्ता धनजीत बस्नेत र लोचन भट्टराईले छुट्टाछुट्टै दर्ता गराएको अवहेलना मुद्दामा शर्माको इजलाशले विहीबार उक्त आदेश दिएको हो ।

संसद विघटन असंवैधानिक भन्दै संयुक्त विज्ञप्ति जारी गर्नुले अदालतको अवहेलना भएको भन्दै पूर्वप्रधानन्यायाधीशविरुद्ध मुद्दा हालिएको थियो ।

सर्वोच्चको आदेशमा भनिएको छ, ‘यसमा के कसो भएको हो ? माग बमोजिम अवहेलनामा कारबाही हुनु किन नपर्ने हो ? म्याद प्राप्त भएका मितिले बाटाका म्यादबाहेक सात दिनभित्र सबै व्यहोरा खुलाइ आफै लिखित जवाफ पेश गनुएहोला भनी विपक्षीका नाउमा …. आदेश गरिएको छ।’

सडकबाट न्यायाधीश तान्ने दिन नआओस् भनी टिप्पणी गर्नुभएका पूर्वसभामुख ढुंगानाविरुद्ध भने अधिवक्ता राजाराम घिमिरेले मुद्दा दर्ता गर्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्