नेकपाको दुवै पक्षलाई निर्वाचन आयोगको पत्र • Image Khabar Image Khabar


नेकपाको दुवै पक्षलाई निर्वाचन आयोगको पत्र


Imagekhabar
१५ माघ २०७७, बिहीबार १३:५४

नेकपाको दुवै पक्षलाई निर्वाचन आयोगको पत्र

काठमाडौं । निर्वाचन आयोगले नेपाल कम्युनिस्ट पार्टीका दुवै पक्षलाई छलफलका लागि बोलाएको छ ।

आयोगले केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डलाई छुट्टाछुट्टै पत्र लेख्दै निर्वाचनसम्बन्धी छलफलका लागि अध्यक्ष र अध्यक्षले तोकेका आधिकारिक व्यक्ति गरी ५/५ जनालाई बोलाएको हो ।

शुक्रबार बिहान साढे ११ बजे छलफलका लागि बोलाएको आयोगले जनाएको छ । आयोगले पठाएको पत्रमा दलसम्बन्धी विवादबारे छलफल गर्ने भनिएको छैन । तर, अहिले नेकपा विवादको सन्दर्भ भएकाले त्यस विषयमा पनि छलफल हुने आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले बताउनुभयो ।

आगामी निर्वाचन प्रयोजनका लागि दल दर्ता गर्न सूचना प्रकाशन गर्ने समय आउन लागेकाले त्यस विषयमा छलफल गर्न लागेको आयोगले जनाएको छ । त्यस्तै, निर्वाचनसम्बन्धी कानुनमाथि छलफल र निर्वाचनको तयारीका विषयमा पनि छलफल हुने उहाँको भनाइ छ ।

यसअघि नेकपाको दुईवटै पक्षले आफूलाई आधिकारिक दावी गर्दै आयोगमा दिएको निवेदनमा निर्णय गर्दै आयोगले दुवै पक्षको दावी नपुग्ने जनाएको थियो ।

प्रतिक्रिया दिनुहोस्