Logo १६ असार २०८३, मंगलबार | Tue Jun 30 2026


कोभिड–१९ बाहेकका बिरामीको उपचारमा ध्यान दिन कांग्रेसको आग्रह

काठमाडौं, भदौ २२ । नेपाली कांग्रेसले कोभिड–१९ को कारण अन्य बिरामी पनि गम्भीररुपले प्रताडित भइरहेको उल्लेख गर्दै भेन्टिलेटर नपाएर, अस्पताल खोज्दा-खोज्दै र संक्रमण आशंकामा उपचार नपाएर मृत्यु भएका घटना पटक-पटक दोहोरिएकोप्रति सरकारले ध्यान दिनुपर्ने जनाएको छ । यस्तो स्थिति दोहोरिन नदिन सरकारको ध्यानाकर्षण गराउँदै कांग्रेसले त्यस्ता सम्पूर्ण घटनाको वास्तविक तथ्य संकलन गर्ने निर्णय गरेको छ…