काठमाडौं, भदौ २४ । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले यही शुक्रबार बस्ने स्थायी कमिटी बैठकका एजेन्डा तय गरेको छ । पार्टी अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालबीच बुधबार बालुवाटारमा भएको छलफलले बैठकका एजेन्डा तय गरेको हो । करिब दुई घन्टा भएको छलफलमा विवाद समाधान कार्यदलले दिएको प्रतिवेदनलाई बैठकको एजेन्डा बनाएको बुझिएको छ ।…