काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का नेता सुवासचन्द्र नेम्वाङले लिम्पियाधुरा समेटिएको नयाँ नक्साबारे सरकार गम्भीर रहेको बताउनुभएको छ । सोमबार प्रतिनिधिसभाको बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै नेता नेम्वाङले राष्ट्रपतिबाट वितरण गरिएको विभूषणमा लिम्पियाधुरा समेटिएको नयाँ नक्सा नसमेटिएको बारे सरकारको गम्भीर ध्यानाकर्षण भएको बताउनुभएको हो । ‘नयाँ नक्सा पारित गराउनका लागि ठूलो चुनौतीकाबीच सिङ्गो देशलाई सर्वसम्मत गराएको…