Logo ४ आश्विन २०८३, आइतबार | Sun Sep 20 2026


देउवाका बारेमा सामाजिक सञ्जालमार्फत सुरु गरिएको ‘भिडियो गाईजात्रा’ तत्काल बन्द गरः महामन्त्री खड्का


0
Shares

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री पूर्णबहादुर खड्काले प्रधानमन्त्री तथा नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाबारे सामाजिक सञ्जालमा गरिएको भिडियो प्रचार बन्द गर्न आग्रह गर्नुभएको छ ।

सामाजिक सञ्जालमार्फत ‘मलाई शेरबहादुर देउवा मन पर्छ’ भन्दै सुरु गरिएको भिडियो प्रचारको चर्को विवाद र आलोचना भएपछि तत्काल यो ‘भिडियो जात्रा’ बन्द गर्न खड्काले आग्रह गर्नुभएको हो ।

उहाँले बिहीबार सामाजिक सञ्जाल ट्वीटरमा प्रधानमन्त्री सचिवालयलाई आग्रह गर्दै लेख्नुभएको छ, ‘जीवनको हरेक क्षण देश, जनता र लोकतन्त्रका लागि समर्पण गरी जनताबीच स्थापित काँग्रेस सभापति तथा प्रधानमन्त्री शेर बहादुर देउवाका बारेमा सामाजिक सन्जालमार्फत सुरु गरिएको भिडियो गाईजात्रा तत्काल बन्द गर्न प्रधानमन्त्रीको सचिवालयलाई विशेष अनुरोध गर्दछु ।’

कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले पनि देउवाको भिडियो प्रचार बन्द गर्नुपर्ने बताउनुभएको छ ।

Skip This