काठमाडौं, जेठ ६ । प्रधानमन्त्री केपी ओलीको सिफारिश र राष्ट्रपति विद्या भण्डारीको अनुमोदनमा बिहीबार साँझ नयाँ प्रधानमन्त्री नियुक्तिका लागि गरिएको आह्वान असंवैधानिक भएको संविधानविदहरुले टिप्पणी गरेका छन् । संविधानको धारा ७६ को उपधारा ३ बमोजिम प्रतिनिधि सभामा सबैभन्दा ठूलो दलका नेताका हैसियतमा नियुक्त प्रधानमन्त्री पदमुक्त नै नभई नयाँ प्रधानमन्त्री नियुक्तिको प्रक्रियाका लागि आह्वान गर्नु भनेको…