काठमाडौं, जेठ ७ । जनता समाजवादी पार्टी (जसपा) का महन्थ ठाकुर पक्षले नयाँ सरकार गठनका सन्दर्भमा पनि तटस्थ बस्ने निर्णय गरेको छ । आफैलाई प्रधानमन्त्री बन्न प्रस्ताव आएका बेला पनि नेता ठाकुरले आफुलाई अतिरिक्त लाभको आकांक्षा नरहेको टिप्पणीसमेत गर्नुभएको छ । पार्टीभित्र अर्का अध्यक्ष उपेन्द्र यादवले ठाकुरलाई प्रधानमन्त्री बनाएर जानुपर्ने बताउनुभएको छ भने कांग्रेसमा पनि…