श्रीराम अर्जुनहेटौंडा । बागमती प्रदेशमा रिक्त रहेको राष्ट्रिय सभा सदस्य पदको उपनिर्वाचनको मतदानको सम्पूर्ण तयारी पूरा भएको छ । बिहीबार हेटौंडा उपमहानगरपालिका–४ को भुटनदेवी माध्यामिक विद्यालयमा मतदानको तयारी पूरा भएको निर्वाचन कार्यालयले जनाएको छ । बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म हुने मतदानका लागि विद्यालयको पूर्वपट्टिको गेट कोभिड पोजेटिभ मतदाताले प्रयोग गर्नेछन् भने पश्चिमतर्फको गेट…