२६ माघ २०८१, शनिबार | Sat Feb 8 2025


ताप्लेजुङमा २१ जनप्रतिनिधिले एमाले परित्याग गरी रोजे एकीकृत समाजवादी पार्टी


0
Shares

ताप्लेजुङ, भदौ २२ । नेकपा एमालेबाट निर्वाचित ताप्लेजुङकाल २१ जना जनप्रतिनिधिले नेकपा एमाले परित्याग गरी माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी पार्टी रोजेका छन् ।

जिल्ला समन्वय समितिका उपप्रमुख देवीमाया नेपालीसहित २१ जना जनप्रतिनिधिले जिल्ला निर्वाचन कार्यालयमा आएर नेकपा एसको पक्षमा सनाखत गरेका छन् ।

सनाखत गर्नेमा आठराई त्रिवेणी गाउँपालिका उपप्रमुख मञ्जु पौडेल, फुङलिङ नगरपालिका २ का वडाध्यक्ष मोहन न्यौपाने, फुङलिङ कार्यपालिका सदस्य नीता सिवाँ लगायत छन् ।

यसअघि मेरिङ्देन गाउँपालिका उपप्रमुख कल्पना तुम्बाहाम्फेले नेपाल नेतृत्वको पार्टी रोज्दै सनाखत गर्नुभएको थियो ।

दल विभाजन सम्बन्धि अध्यादेशमा भदौ २२ गतेसम्म नयाँ दल रोज्न पाउने व्यवस्था छ ।