काठमाडौं । रसुवाकाे भोटेकोशी नदीमा भदौ १० गते आएको विनासकारी बाढीका कारण रसुवा, नुवाकोट, धादिङ र गोरखाका ५५ वटा खानेपानी आयोजना प्रभावित भएका छन् ।
बाढीबाट क्षतिग्रस्त आयोजनाको प्रारम्भिक विवरणअनुसार करिब ६४ करोड बराबरको क्षति भएको अनुमान गरिएको हाे।खानेपानी तथा ढल व्यवस्थापन विभागले बाढीबाट सबै भन्दा बढी प्रभावित नुवाकोटमा २२ वटा खानेपानी आयोजनामा क्षति पुगेको छ । साेही आयोजनामा मात्रै चार करोड ११ लाख ५० हजार बराबरको क्षति भएको विभागले जनाएको हाे।
विभागका प्रमुख एवं महानिर्देशक कमलराज श्रेष्ठले बाढीका कारण धादिङका २०, गोरखाका पाँच तथा रसुवाका ८ वटा आयोजनामा क्षति भएको बताउनुभयाे । बाढीबाट पुगेको क्षतिको विस्तृत विवरण संकलन गर्ने कार्य भने अझै जारी रहेको विभागले जनाएको छ।









प्रतिक्रिया दिनुहोस्