काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले रसुवा बाढी-पीडितको अस्थायी बसाइ छोट्याउँदै सुरक्षित बसोबासको प्रबन्ध छिट्टै हुने बताउनुभएकाे छ।
प्रधानमन्त्री शाहले शनिबार राति सामाजिक सञ्जालमार्फत यस्ताे बताउनुभएकाे हाे । उहाँले भन्नुभयाे.-‘हजुरहरूको छातीमा परेको त्यो असीम पीडा, रित्तोपन र आघातलाई हामीले हृदयदेखि महसुस गरेका छौं। हजुरहरूले आफूलाई एक्लो नठान्नु होला। जीवनको यो कठिन मोडमा हजुरहरूलाई कहिल्यै अलपत्र छोड्दैनौँ। हजुरहरूसँग यो राज्य छ, यो सरकार छ। अस्थायी बसाइलाई सकेसम्म छोटो बनाइ हजुरहरूलाई हरसम्भव छिटो सुरक्षित बसोबासको व्यवस्था मिलाउनेछौं ।’
प्रधानमन्त्री शाहले बाढी प्रभावित क्षेत्र नुवाकोटको विदुर-१० बेत्रावतीबाट सशस्त्र प्रहरी बल, नेपाल र नेपाल प्रहरीको संयुक्त उद्धार टोलीले ६४ वर्षीया चन्द्रिका श्रेष्ठलाई उद्धार गरेको खबरले सिंगो देशलाई नै आशा दिएको समेत बताउनुभयाे। उक्त खबरले खोज तथा उद्धारमा सरकार अझै डटेर लागेको सन्देश प्रवाह गरेको पनि उहाँकाे भनाइ छ।











प्रतिक्रिया दिनुहोस्