काठमाडौं । म्यानचेस्टर सिटीले इंग्लिस प्रिमियर लिगमा आफ्नो विजयी यात्रालाई लगातार तेस्रो खेलसम्म पनि कायम राखेको छ ।
घरेलु मैदान इतिहाद रंगशालामा शनिबार राति भएकाे खेलमा सिटीले कोभेन्ट्री सिटीविरुद्ध १-० गाेलको कठिन जित निकालेको हो । पहिलो हाफमा एर्लिङ हालान्डले गरेको एकमात्र गोल सिटीलाई जित दिलाउन पर्याप्त बन्यो । उनले २६औं मिनेटमा एन्टोइन सेमेन्योको पासलाई जाली चुमाएका थिए ।
जितसँगै तीन खेलमा ९ अंक जोडेको सिटी शीर्षस्थानमा उक्लिएको हाे। तीनै खेल गुमाएरको कोभेन्ट्री बिना अंक पुछारमा छ । शनिबारै सम्पन्न भएका अन्य खेलमा क्रिस्टल प्यालेसले फुलहमविरुद्ध ३-२ को रोमाञ्चक जित निकाल्यो ।
त्यसैगरी, न्युक्यासल युनाइटेडले बर्नमाउथलाई २-२, सन्डरल्यान्डले ब्रेन्टफोर्ड तथा ब्राइटनले लिड्स युनाटेडलाई १–१ र नटिङघम फरेस्टले टोटनहम तथा हल सिटीले एस्टन भिल्लालाई गोलरहित बराबरीमा रोकेका थिए ।









प्रतिक्रिया दिनुहोस्