काठमाडौं । १४ औं महाधिवेसनमा साँझा उम्मेद्वार तय गर्न भन्दै कोइराला परिवार लञ्च मिटिङमा बसेका छन् । महामन्त्री शशांक कोइराला निवास महारजगञ्जमा शशांक, शेखर र सुजता कोइराला बीच अहिले छलफल भइरहेको छ । शेखर कोइरालाको सचिवालयले दिएको जानकारी अनुसार उनीहरु बीच मुख्य एजेण्डा आसन्न महाधिवेशनमा संस्थापन इतरबाट साझा उम्मेद्वार बनाउने विषयमा छलफल भइरहेको हो ।…