काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले हिजो १० वटा इजलास तोकेपनि सहकर्मी न्यायाधीशहरूले बन्दी प्रत्यक्षीकरणबाहेक अरु इजलास बहिष्कार गरे । प्रधानन्यायाधीश राणाले आफ्नो एकलसहित न्यायाधीशहरूको संयुक्त इजलास पनि तोक्नुभएको थियो । तर, न्यायाधीशहरू बन्दी प्रत्यक्षीकरणको एउटा बाहेक अरु मुद्दाको सुनुवाइमा सहभागी भएनन् । न्यायाधीशहरूको बहिष्कारकैबीच प्रधानन्यायाधीश राणाले भने आफ्नो इजलासमा मुद्दाको सुनुवाइ गर्नुभयो । यही…