काठमाडौं, साउन ५ । विशिष्ट व्यक्तिको सुरक्षा व्यवस्थापन कार्यविधि उल्लंघन गर्दौ गृह मन्त्रालयले नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालको सुरक्षामा प्रहरी खटाउन निर्देशन दिएको छ । कार्यविधिले प्रधानमन्त्रीलाई मात्रै डीएसपीको नेतृत्वमा सुरक्षा दिने व्यवस्था गरेको छ । तर सुरक्षा चुनौती थपिएको भन्दै गृहमन्त्री बालकृष्ण खाँडको निर्देशनमा सचिवस्तरीय निर्णय गरेर दाहालको सुरक्षामा नेपाल प्रहरीका…