
काठमाडौं । सांसद तथा नेपाली कांग्रेसका नेता अमरेशकुमार सिंह पार्टीको महाधिवेशन प्रतिनिधिमा पराजित हुनु भएको छ ।
सर्लाही निर्वाचन क्षेत्र नम्बर-४ बाट प्रतिनिधित्व गर्ने उहाँ कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत महाधिवेशन प्रतिनिधिमा पराजित हुनु भएको हो ।
आज बिहान सार्वजनिक मत परिणामानुसार सिंहँले २४८ मत मात्र प्राप्त गर्नु भएको छ । पराजयसँगै सिंहले अब केन्द्रीय महाधिवेशनमा भाग लिन नपाउने हुनु भएको छ ।
शेखर कोइराला पक्षमा रहेका सिंहविरुद्ध शेरबहादुर देउवा र विमलेन्द्र निधि पक्ष एक भएका थिए । सिंहलाई हराउनकै लागि सो क्षेत्रका प्रदेश सांसदहरु उपेन्द्र कुशवाह र वीरेन्द्र सिंह एक भएका थिए ।
अमरेशको पकड भएको तीन वडामा अधिवेशन हुन नदिइएपछि उनी हार्ने आँकलन पहिले नै गरिएको थियो ।
प्रतिक्रिया दिनुहोस्