काठमाडौं । नेकपा एमालेको अध्यक्ष केपी शर्मा ओलीले न्यायालय स्वतन्त्र भए पनि निष्पक्ष नभएको टिप्पणी गर्नुभएको छ । नेपाल बार एशोसियसनका पदाधिकारीसँगको भेटमा अध्यक्ष ओलीले नेपालमा न्यायिक स्वच्छता भए पनि निश्पक्षता नभएको बताउनुभयो । बारका पदाधिकारीहरूले प्रधानान्यायाधीशलाई राजीनामा लगाउन सहयोगको माग गर्दै ओली निवास बालकोट पुगेकाहरूलाई उहाँले प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको राजीनामा न्यायिक सुधारको प्रस्थान विन्दु…