Logo १३ बैशाख २०८३, आइतबार | Sun Apr 26 2026


लिङ्देनले डाकेको बैठक थापाद्वारा बहिष्कार


13
Shares

काठमाडौं । राप्रपाका नवनिर्वाचित अध्यक्ष राजेन्द्र लिङ्देनले आज केन्द्रीय कार्यसमितिको बैठक बोलाउनु भएको छ ।

लिङ्देनले बोलाउनु भएको सो बैठकमा निवर्तमान अध्यक्ष कमल थापाले बहिस्कार गर्नु हुने भएको छ । थापाले पार्टीको महाधिवेशनमा निर्मल निवासबाट भएको हस्तक्षेपबारे छानबिन हुनुपर्ने अडान राख्दै बैठक बहिष्कार गर्नु भएको बताइएको छ ।

बुधबार निर्वाचित भएका आफू निकटका पदाधिकारी तथा केन्द्रीय सदस्यलाई बधाई तथा शुभकामना दिन आयोजित कार्यक्रममा थापाले आफू बैठकमा सहभागी नहुने जानकारी दिनु भएको हो ।