काभ्रे । नेकपा (एमाले)का पोलिटव्यूरो सदस्य गोकुल बाँस्कोटाले आगामी निर्वाचनमा पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको नेकपा (माओवादी केन्द्र) पत्तासाफ हुने बताउनुभएको छ । अनेरास्ववियू काभ्रेको २९औं जिल्ला अधिवेशनलाई सम्बोधन गर्दै बाँस्कोटाले माओवादी केन्द्र खास साइजमा आउने बताउनुभयो । आगामी निर्वाचनमा जनताले माओवादी केन्द्रलाई ३ देखि ५ सिटमा सीमित गरिदिएपछि प्रचण्डको पार्टी कोल्याप्स हुने बाँस्कोटाको दाबी छ…