बैतडी । मंसिर १५ गतेदेखि सम्पर्कविहीन एक युवकको शव गाडिएको अवस्थामा फेला परेको छ । जिल्लाको सुर्नया गाउँपालिका–६ खर्काधारका ३० वर्षीय डम्बर अवस्थीको शव घर नजिकैको गुफामा गाडेको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ । आफूहरू घटनास्थलमै रहेको र शव सडेको अवस्थामा भेटिएको बैतडीका प्रहरी प्रमुख, प्रहरी नायव उपरीक्षक रमेश पालले जानकारी…