१८ असार २०८२, बुधबार | Wed Jul 2 2025


कचनकवल गाउँपालिका १ मा कांग्रेसको प्यानल विजयी


533
Shares

झापा । झापाको कचनकवल गाउँपालिका वडा न. १ मा नेपाली कांग्रेसको प्यानलनै विजयी भएको छ ।

नेपाली कांग्रेसका तर्फबाट वडाध्यक्षमा उम्मेदवार महावीर लिम्बूसहितको प्यानल निर्वाचित हुनुभएको हो ।

लिम्बूले १४४२ मत प्राप्त गर्दा निकटतम प्रतिष्पर्धी राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार लक्ष्मी नारायण यादवले १ हजार ११० मत प्राप्त गर्नुभयो ।

त्यस्तै, वडा सदस्यहरुमा अन्त प्रसाद राजवंशी र उग्रनारायणा सिंह राजवंशी निर्वाचित बन्नुभयो । महिला सदस्यमा सञ्जावती राजवंशी निर्वाचित हुनुभयो भने दलित महिला सदस्यमा सुनिता दर्जी निर्वाचित हुनुभयो ।

यो गाउँपालिकामा नेपाली कांग्रेस र नेकपा एमालेको गठबन्धन छ । गाउँपालिका अध्यक्षका लागि कालेन्द्र प्रसाद सिंह राजवंशी नेपाली कांग्रेसका तर्फबाट उम्मेद्वार रहनु भएको छ भने नेकपा एमालेका तर्फबाट नवराज भट्टराईको उम्मेदवारी छ ।