Logo ९ असार २०८३, मंगलबार | Tue Jun 23 2026


राजदूत नियुक्तिमा सरकारको चासो, नाम सिफारिस गर्न गठबन्धनका नेतालाई आग्रह

काठमाडौं । लामो समयदेखि रिक्त विभिन्न देशको राजदूत नियुक्तिका लागि सरकारले गृहकार्य थालेको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले राजदूत नियुक्तिका सन्दर्भमा छलफल थाल्नुभएको हो । अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) पारित भएपछि प्रधानमन्त्री देउवाले राजदूत नियुक्तिको विषयलाई प्राथमिकता दिएको बताइएको छ । देउवाले यस विषयमा परराष्ट्रमन्त्री डा.नारायण खड्कासँग आन्तरिक छलफल थाल्नुभएको हो ।…