काठमाडौं । राष्ट्रियसभा सदस्यमा मनोनीत नारायणप्रसाद दाहालको शपथग्रहण मंगलबार हुने भएको छ । संसद्को दिगो विकास तथा सुशासन समितिको कार्यकक्षमा बिहान ११ बजे शपथग्रहण हुने भएको हो । दाहाल माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’का भाइ हुन् । पूर्व राष्ट्रियसभा सदस्य रामनारायण बिडारीको स्थानमा उनको मनोनयन भएको हो । मन्त्रिपरिषद् बैठकको सिफारिसको आधारमा २५ चैतमा…